काठमाडौं । सरकारले व्यवसायिक मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भिसिटिएस) लागु गरेपछि देशभर ढुवानी ठप्प पारेका व्यवसायी व्यवसाय खोल्न सहमत भएका छन् ।
राजस्व अनुसन्धान विभागसँग भएको सहमति पछि व्यवसायीहरु आन्दोलन छाड्न सहमत भएका हुन् ।
विभागसँग ढुवानी व्यवसायीहरुले गरेको सहमतिमा भिसिटिएस प्रणाली लागु गर्दा ट्रकधनीले कुनै जिम्मेवारी लिनुपर्ने छैन । यस्तै मोबाइलबाट चालकले इन्ड डेलिभरी जनाउन सक्ने र प्रणाली कार्यान्वयन गरे नगरेको भनि ट्रकको धनी तथा चालकलाई कारवाही हुने छैन ।
व्यवसायीहरुले विरोध गरेको ढुवानी व्यवसायीलाई भ्याटमा लैजाने निर्णयको सहमति गरेका छन् ।
विभागले भिसिटिएस ३ महिनासम्म प्रवद्र्धनात्मक रुपमा संचालन गर्ने र ३ महिना विभागले व्यवसायीलाई सिकाउने सहमति भएको छ ।
सरकारले १ गतेदेखि ढुवानी व्यवसायमा भ्याट तथा भिसिटिएस लागु गरेको छ । जसको विरोधमा देशभर व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।
प्रतिक्रिया