यस्तो छ विश्वको उत्कृष्ट बार (फोटोफिचर )



आजकल प्राय सबै रेष्टुराँ तथा होटलमा बारको सुविधा हुन्छ । मानिसहरु आफ्नो व्यस्त दैनिक तालिकाबाट केही मुक्ति पाउन वा कुनै अवसरमा रमाइलो गर्न बार जाने, रमाइलो गर्ने ट्रेण्ड मौलाउँदै गएको छ ।

बार लगानीअनुसार सानादेखि ठूलासम्म हुन्छन । बारमा हुने लगानी, पेय पदार्थका किसिम, साजसज्जा, सेवा सुविधालगायत विभिन्न मापनबाट बारको गुणस्तर कस्तो छ भन्ने मूल्याङकन गरिन्छ ।

सामान्यतया पेय पदार्थ तथा खानामा विशेष ध्यान दिने पारखीहरुको चासो हुन्छ चट्ट परेको बारमा बसेर खाँउ र पिँउ ।

व्यस्त दैनिकीलाई राहत दिन होस वा अन्य अवसरमा बार जानेहरु शान्त, रमाइलो, देख्दै आनन्द आउने ठाउँको रोजाइमा हुन्छन । त्यही ग्राहकहरुको रोजाइको विषय बन्न हरेक बारहरुले आफूलाई अब्बल देखाउन विभिन्न उपायहरु अपनाएका हुन्छन ।

विश्वभर कतिवटा होटल र बार होलान ? यो प्रश्नले घरीघरी धेरै जनाको दिमाग क्लिक गर्छ नै । त्यसैमाथि विश्वभर रहेको यति धेरै बारहरुमा सबैभन्दा राम्रो बार कुन देशको कुन ठाउँको होला ? दिमाग चल्मलाइदिने यो प्रश्नले धेरै अनुमानित दृश्यहरु मानसपटलमा फिलिममा परिवर्तन भइ आइरहने दृश्यजस्तै निरन्तर आइरहन्छन ।

अमेरिकाको न्यूयोर्क शहरमा रहेको न्यूयोर्क दाँते बारले सन २०१९ को वल्र्ड बेस्ट बार उपाधि हात पारेको छ । १३ औं स्प्रिटेड अवार्ड कार्यक्रममा दाँते बारले उक्त उपाधि हात पारेको हो ।

सन २०१५ मा स्थापना भएको यो बार तेस्रोे वर्षमै बेस्ट अमेरिकन रेस्टुराँ बार बन्न सफल भएको थियो । अन्ततः ४ वर्षमै यो बारले विश्वभर रहेका अन्य बारहरुलाई पछि पार्दै उक्त उपाधि हात पार्न सफल भएको छ ।
कस्तो छ त विश्वकै सर्वोत्कृष्ट बन्न सफल न्यू योर्क दाँते बार ? हेर्नुहोस तस्बिरमा

 


क्लिकमान्डु