विद्युतीय एसयूभी एमजी जेडएस गाडीको प्रिबुकिङ शुरु, यस्ता छन विशेषता र मूल्य




काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ ।

प्रिबुकिङ शुरु भएको यो नयाँ विद्युतीय गाडीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु रहेका छन । प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका कम्पनीले जनाएको छ । त्यसैगरी यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा चालकहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।

नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मुल्य रु ४९,९९,००० रहेको छ र यस मुल्यमा ७ कि.वा. एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ ।


क्लिकमान्डु