नेपालमा हक्की खेलेर विश्व रेकर्ड राख्ने बेलायती हक्की खेलाडीलाई सम्मानित



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२ सचिवालयले बेलायती हक्की खेलाडीलाई सम्मान गरेको छ । आइतबार सचिवालयको कार्यालय केशरमहलमा आयोजित कार्यक्रममा सबैभन्दा उच्च ठाउँमा हक्की खेल्ने बेलायती खेलाडीहरुलाई सम्मान गरेको हो ।

खेलाडीहरुलाई नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज बैद्यले ढाका टोपी, खादा र ब्याच लगाइदिएर सम्मान गरे ।

गत जुलाई १६ मा मुस्ताङको थोरङ ५ हजार २२ मिटरमा हक्की खेल्ने २४ जना टोलीलाई सम्मान गरिएको हो ।

बेलायतबाट विश्व किर्तिमान राख्न आएको टोलीमा २ जना त्यहाँका राष्ट्रिय टिमका सदस्य समेत थिए । बेलायतस्थित लिंकन स्कुलमा अध्ययनरत हक्की खेलाडीसँगै प्रबन्धक एन्डी हेलिडेले नेपाल निकै सुन्दर भएको भन्दै यहाँ आएर विश्वा किर्तिमान राख्न पाउँदा आफू निकै खुसी भएको बताए ।

नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको नेपाललाई शुभकामना दिँदै आफू फेरि पनि नेपाल भ्रमणमा आउने उनले बाचा गरे ।

कार्यक्रममा बोल्दै संयोजक बैद्यले नेपाललाई स्पास्र्ट टुरिजमको गन्तव्य बनाउनका लागि आफूहरुले योजना बनाइरहेको बताए ।


क्लिकमान्डु