भिसिटिएसको विरुद्वमा यातायात व्यवसायी र मजदुर 



काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी एंव यातायात मजदुरहरुले सरकारले सुरु गरेको भेहिकल एण्ड कन्साइमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) व्यवस्था तत्काल खारेज गर्न माग गरेका छन् ।
यो व्यवस्था कार्यान्वयन गर्न सवारी चालक तथा यातायात मजदुर सक्षम नभएको भन्दै तत्काल यसलाई खारेज गर्न माग गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो खारेज नभएको खण्डमा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने संयोजक गोकर्ण पराजुलीले बताए । सरकारले ल्याएको अवैज्ञानिक र झन्झटिलो नीतिको यातायात व्यवसायी मर्कामा परेको उनको भनाई छ ।
उनले भिसिटिएस लागु गर्ने हो भने सरकारले त्यही अनुसारको सिस्टम बनाउनु पर्ने बताए । उनले भने ‘ भिसिटिएस व्यवस्था उल्लंघन भए पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार हुँदैन जरिवाना बढेर ट्रक जफत हुने, मजदुर थुनामा जाने, मालिकलाई जरिवाना गर्ने भनिएको छ । यो हामीलाई जरिवाना थुपर्ने नियत देखियो ।’
यातायात व्यवसायीहरुले राज्यलाई बार्षिक ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म अतिरिक्त कर तिरी रहेको पसिन उनले जानकारी गराए । उनले भने ‘देशमा व्यवसाय गर्न पायौं भने कर तिर्न हामीलाई गाह्रो हुँदैन तर अव्यवहारीक र झन्झटिलो नियमका आडमा व्यवसायीमाथी जुन अंकुश लाग्दैछ त्यसले पेशाबाट पलायन हुन बाधय बताएको छ ।’
कार्यक्रममा पराजुलीले दुर्घटनामा परेकालाई बीमा रकम ३ लाख रुपैयाँ व्यवस्था गरिएको भए पनि यो कम भएको भन्दै राज्यले दिने बीमा रकम बढाउन माग गरे ।


क्लिकमान्डु