सत्यदीप इन्टरनेसनलले ल्यायो मेभोक्स हेलमेट



काठमाडौं । नेपाल बजारमा मेभोक्स हेलमेट भित्रिएको छ । मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले हेलमेट सार्वजनिक गरेको हो ।

कार्यक्रममा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले कम्पनीले विशेष महत्व दिएकै कारण भारत पछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको बताए । ‘सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको र ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त छु ।’

कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले कम्पनीले उत्पादन गरेको हेलमेटको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए ।

माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौती समेत थपिएको बताउदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दा नै दुर्घटनाबाट धेरै राइडरको मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने बताए ।

फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सय देखि ५ हजार १ सय रुपैयाँ सम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।


क्लिकमान्डु