टिभिएसको अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना सार्वजनिक



काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना ल्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको यस योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे  RR310  तथा अपाचे 200 4V v2 को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ ।

त्यसैगरी २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे RR 310 र 200 4V v2 कुदाउनुको अनुभव संगाल्ने अवसर पाउनेछन् ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने– “हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।”

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक घ।ठद्ध कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ ।


क्लिकमान्डु