सिभिललाई आईएसओ मान्यता, अध्यक्ष तामाङले भने- मर्जरमा जाँदा मान्यताले भ्यालू एड बढाउँछ




काठमाडौं । सिभिल बैंकले आईएसओ मान्यता पाएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बैंकले आईएसओ मान्यता पाएको जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ईच्छाराज तामाङले आईएसओ पाउनु आफैमा राम्रो संकेत भएको भन्दै यसले मर्जरमा जाँदा भ्यालू एड बढी पाउने विश्वास व्यक्त गरे ।

‘बैंकको व्यवस्थापनको तरिका विश्वस्तरीय भएपछि मात्रै प्रमाणपत्र पाउने हो’ उनले भने, ‘यसमा सेवाग्राहीको विश्वास हो ।’

उनले आईएसओ पाउनु सबै बैंकिङ क्षेत्रका लागि राम्रो हो । उनले भने, ‘कान्छो पुस्ताको बैंकमा आईएसओ पाउने सिभिल पहिलो बैंक भने पहिलो पुस्तामा आईएसओ पाउने चौथो बैंक हो ।’

मर्जरका विषयमा कुरा गर्दै तामाङले मर्जरका लागि अन्य बैंकसँग वार्ता भइरहेको र छिट्टै यस विषयमा टुंगो लाग्ने बताए ।

उनले भने, ‘मर्जरका लागि पहिलो, दोस्रो हामी जस्तै तेस्रो पुसतका बैंकसँग कुरा भएको छ । मर्जर सजिलो कुरा होइन । कुन बैंक कति भ्यालु एडमा जाने, कति स्वाप रेसियो कति हुने भन्दा पनि कम्प्याक्ट हेर्नुपर्छ ।’

उनले लगानीकर्ताको भावना पनि हेर्नुपर्छ र उनीहरुको हितका लागि मर्जरमा जाने बताए ।

उनले आफूभन्दा राम्रो बैंकसँग मर्जर गर्ने भन्दै राम्रो बैंकसँग मर्जरमा जाँदा परिणाम पनि राम्रो आउने बताए ।

उनले मर्जर कमिटी गठन भएको र यसका लागि ८÷१० वटा बैंकसँग कुरा भइरहेको छ । उनले मौद्रिक नीतिमा के व्यवस्था आउँछ त्यस अनुसारले अगाडि बढ्ने बताए ।


क्लिकमान्डु