दुध बेचेर किसानले कमाए २ अर्ब



काठमाडौं । सरकारले किसानलाई दुध खरीद वापत २ अर्ब २ करोड ५८ लाख बराबरको रकम भुक्तानी गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कूल कच्चा दुध संकलन ५ करोड ४६ लाख ५२ लिटर गरेको छ ।

त्यस वापत किसानलाई २ अर्ब ७१ करोड ४९ लाख ३३ हजार भुक्तानी गर्नुपर्ने छ ।
तर कृषि विकास मन्त्रालयका अनुसार सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थानले ४ करोड २ लाख ३५ हजार लिटर दुधको मात्रै २ अर्ब २ करोड ५८ लाख १४ हजार बराबरको भुक्तानी गरेको छ ।

यस्तै संस्थानले ३ अर्ब ९८ करोड ३९ लाख ३ हजार ३८३ बराबरको आम्दानी गरेको छ । यस्तै कर अघिको नाफा भने ५७ करोड २० लाख ६ हजार ८९५ बराबरको नाफा गरेको छ । यस्तै संस्थानले विराटनगरमा धुलो दुध उत्पादन कारखाना समेत सुरु गरेको छ । सो कारखानाको क्षमता दैनिक ६ मेट्रिक टन रहेको छ ।


क्लिकमान्डु