टाटा मोटरले ल्यायो मनसुन चेकअप क्याम्पसँगै ऐक्सचेन्ज अफर



काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङले मंगलबारदेखि साउन ३ गतेसम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प सुरु गरेको छ ।

काठमाडौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरि, पोखरा, नेपालगञ्ज, वीरगंज र मेचीमा यी क्याम्पहरु सुरु गरेको हो ।

कार्यक्रममा ग्राहकहरुले टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन भने गाडी एक्सचेन्ज गर्न चाहनेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट । र ब्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ ।

साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङमा सेफ्टी टिप्स र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन ।

मनसुनको समयलाई लक्षित गरी आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्त गर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।


क्लिकमान्डु