टिभिएसको नयाँ योजना- ग्राहकले अन्तर्राष्ट्रिय ट्रयाकमा मोटरसाइकल चलाउन पाउने



काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल ग्राहकहरुलाई लक्षित गरी अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना ल्याएको छ ।

कम्पनीका अनुसार नेपालभर रहेका टिभिएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० र २०० ४ भी भी२ को टेस्ट राइड मात्र गर उक्त योजनामा सहभागी हुन सकिनेछ ।

जसमध्ये ५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाइमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० ४ भी भी२ को राइड लिन पाउनेछन् ।

साथै अपाचे आरआर ३१० तथा तथा २०० ४ भी भी२ खरिदकर्ताहरुले हेल्मेट नेपालको क्रमशः १० हजार रुपैयाँ तथा ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् ।

भने अपाचे आरआर ३१० का लागि मासिक किस्ताबन्दी १९ हजार ९३ रुपैयाँ र अपाचे २०० ४ भी भी२ का लागि ११ हजार २४५ रुपैयाँमा खरीद गर्न सक्नेछन् ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, ‘हरेक मोटरसाइकल राइडरको एउटा भित्री इच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाइकल कुदाउनु र मजा लिनु, तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन, त्यसैले टिभिएसले यो योजना अघि ल्याएको हो ।’

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक ३.७४ किमि लम्बाइको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ इभेन्टहरु आयोजना भइसकेको यो ट्रयाक रेसिङ प्रेमी माझ अत्यन्तै लोकप्रिय छ ।

टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई आफ्नो जीवनकै सर्वश्रेष्ठ अनुभव हासिल गर्ने अवसर नगुमाउनका लागि कम्पनी सबै मोटरसाइकल प्रेमीमा अनुरोध गरेको छ । भने अन्य जानकारिको लागि देशभर रहेको टिभिएस शोरुमहरुमा सम्पर्क राख्न सकिने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु