यसकारण एनएलजी इन्स्योरेन्सका लगानीकर्ताको हात खाली



काठमाडौं । एनएलजी इन्स्योरेन्सका लगानीकर्ताको हात खाली भएको छ । उनीहरुलाई इन्स्योरेन्सले कुनै पनि लाभांश नदिने जानकारी गराएको छ । अहिलेसम्म इन्स्योरेन्सले लाभांश देला भनेर आशामा रहेका लगानीकर्ता अन्ततः निरास बनेका छन् ।

इन्स्योरेन्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई गराएको जानकारी अनुसार नाफा बीमा समितिबाट जारी निर्जीबन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन अनुसार आर्थिक वर्ष २०७४-०७५ मा खुद नाफा २४ करोड ७८ लाख २२ हजार ५०२ रुपैयाँ आर्जन गरेको थियो ।

यस्तै त्यही अवधिमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम तयार गरेको विवरण अनुसार २४ करोड ७६ लाख ९ हजार ९९४ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्दा नियमनकारी निकास बीमा समितिको प्रावधान अनुसार जगेडा कोष कायम गर्नुपर्ने भएकोले आव २०७४-०७५ मा बोनस तथा नगद लाभांश दिन नसकेको इन्स्योरेन्सको भनाई छ ।


क्लिकमान्डु