सरकारी खर्च बढेपछि बैंकमा पैसा बढ्यो, सबैको सीसीडी सहज



काठमाडौं । सरकारले असार मसान्तमा बढाएको सरकारी खर्चको कारण वाणिज्य बैंकहरु लगानी योग्य रकममा सहज अवस्थामा पुगेका छन् ।

तीनवर्षदेखि बैंकहरुमा लगानी योग्य रकमको अभाव रहेको छ ।

गत आर्थिक वर्षमा पनि बैंकहरुलाई साउनपछि ऋण योग्य रकमको अभाव भएको थियो । बैंकहरुले निक्षेपमा गरेको भद्र सहमति तोडेपछि १३ प्रतिशत ब्याजदरमा समेत मुद्दती निक्षेप उठाएका थिए । त्यसपछि भने अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा बैंकहरुले भद्र सहमति गरेका थिए ।

बैंकहरुको असार मसान्तसम्मा निक्षेप २८ खर्ब कटेको छ । पछिल्लो सातामा मात्र बैंकहरुमा निक्षेप राम्रोसँग थपिएको छ ।

सरकारी खर्च बढेको हुँदा धेरैजसो बैंकहरुको कर्जा निक्षेप अनुपात(सिसिडी) पनि सहज अवस्थामा पुगेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सरकारी खर्च बढेको कारण बैंकमा निक्षेप बढेको बताउँछन् ।

‘ऋणको माग नै अत्याधिक भएको हुँदा सहज अवस्था एक महिनालाई मात्र हो,अहिले बढेको पैसाले एक महिनालाई मात्र सहज अवस्था हुन्छ,’उनले भने ।


क्लिकमान्डु