अविरल वर्षाले कृषि क्षेत्रमा साढे ८१ करोडको क्षति



काठमाडौं । हालैको अविरल बर्षा र बाढीका कारण देशभर कृषि तथा खाद्य उपजमा ठूलो क्षति भएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार ८१ करोड ५४ लाख बराबरको क्षति भएको छ । प्रदेश नं १ मा पहुपंक्षी तर्फ रु २५ लाख ८० हजार बराबरको क्षति भएको छ ।

थप विवरण प्राप्त हुन बाँमकी रहेको छ । यस्तै बाली तर्फ रु ८१ करोड २८ लाख ९२ हजार बराबरको क्षति भएको छ । दुवै तर्फ गरी ८१ करोड ५४ लाख ७२ हजारको क्षति भएको छ ।

प्रदेश नं २, ३ र ४ को विवरण प्राप्त हुन सकेको छैन । कुन जिल्लामा के कति मात्रामा क्षति भयो हेनोस् विवरण ।


क्लिकमान्डु