ग्रामीण स्वावलम्बन कोष अन्तर्गतका कार्यक्रमबाट राष्ट्र बैंकले हात झिक्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुले सञ्चालन गरेको ग्रामीण स्वाबलम्बन कोष अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको जनाएको छ ।

राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका अनुसार आज (३१ गते) अर्थ मन्त्रालय, राष्ट्र बैंक र लघुवित्त वित्तीय संस्थाबीच सम्झौता हुने छ । सम्झौता पछि कोषको नामबाट राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खाताहरु साउन १ गतेलेदि वित्तीय संस्थाको नामबाट सञ्चालन हुने जनाएको छ ।

अब कर्जाको सम्पूर्ण सावाँ, ब्याज, हर्जना ब्याज र अन्य रकम समेत वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।


क्लिकमान्डु