बुद्ध एयरको टिकट यसरी काट्नुहोस् सस्तोमा



काठमाडौं । बुद्ध एयरलाइन्सले सञ्चालन गरेको मोबाइल एप र वेवसाईट  बाट टिकट खरिदमा विशेष छुट दिएको छ । यो छुट बुध्दका राष्ट्रिय उडानहरुमा मात्र प्राप्त गर्न सकिन्छ ।

बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा प्रदान गर्दै आइरहेको छ । यो मोबाइल एपमार्फत घरमै बसेर केही क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिन्छ ।

मोबाइल एपमार्फत यात्रुले सजिलै आफ्नो वा आफन्तको उडानबारे सजिलै जानकारी लिनसक्ने कम्पनीले जनाएको छ ।

मोवाइल एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी लिन सकिन्छ । एयरलाईन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै हेर्न सकिन्छ ।

एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था छ । नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ ।
बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धस“ग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् । कम्पनीस“ग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।

भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट कोलकोता उडान पनि पनि गरिरहेको छ । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ ।

त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट ९एक्स्पेरियन्स अन्नपूर्ण०को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ५ दर्जन वटा जति उडान भर्ने गरेको छ ।


क्लिकमान्डु