बाढी र पहिरो पीडितबारे मन्त्रिपरिषदले गर्यो ९ बुँदे निर्णय
काठमाडौं । बाढी तथा पहिरोबाट पीडितलाई सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
साथै विपद् प्र्रभावित क्षेत्रमा यातायात, खानेपानी, विद्युत र सञ्चार क्षेत्रमा अत्यावश्यक क्षेत्रहरु सुचारु गराउन र थप क्षति हुन नदिनका लागि सम्बन्धि निकायले पूर्ण सर्तकता अपनाउने समेत निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी तथा पहिरोबाट पीडितहरुका सम्बन्धमा विभिन्न ९ वटा निर्णय गरेको हो ।
मुलुकका विभिन्न स्थानमा गरी हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने ३१ जना वेपत्ता भएका छन् ।
२८ जना घाइते तथा १० हजार ३८५ घरधुरी विस्थापित भइसकेको छ ।
साथै बाढी पहिरोबाट ठूलो मात्राको धनजनको क्षति भएको छ ।