सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई दियो १ लाख सहयोग




काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३ औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवा आश्रम’लाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरे ।

समाजको सकारात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।


क्लिकमान्डु