कृषिबाट ७४ करोड ६८ लाख बीमा शुल्क आर्जन, कुन कम्पनीको कति ? (सूचिसहित)



काठमाडौं । निर्जीवन बीमा कम्पनीले जेठ मसान्तसम्ममा कृषि बीमा ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसबाट १६ अर्ब ६३ करोड ३३ लाख २९ हजार ४०१ रुपैयाँ जोखिम बहन भएको छ ।

बिमा समितिका अनुसार यो अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ६३ करोड २६ लाख ८ हजार रुपैयाँ भन्दा बढीको कृषि बिमा गरेको छ । समितिका अनुसार ५ वटा निर्जीवन बिमा कम्पनीहरूले भने १ अर्ब रुपैयाँभन्दा बढीको कृषि बिमा गरेका छन ।

समा शिखर इन्स्योरेन्स, लुम्बिनी जनरल, प्रुडेन्सियल, सिद्धार्थ र आईएमइ जनरल इन्स्योरेन्स रहेका छन् । जसमा शिखर इन्स्योरेन्सले १ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ, लुम्बिनी १ अर्ब ४२ करोड ३४ लाख, प्रुडेन्सियल १ अर्ब ३५ करोड ३६ लाख, सिद्धार्थ १ अर्ब २० करोड, आइएमइ जनरल इन्स्योरन्सले १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार गत साउनयता सरकारले बिमा कम्पनीहरूलाई कृषि बिमा अनुदानबापत ५६ करोड १ लाख ५२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । यो अवधिसम्म कुनै पनि रकम भुक्तानी नगरेको समितिले जनाएको छ । चालू आवका लागि सरकारले कृषि बिमा अनुदानबापत ४० करोड विनियोजन गरेको थियो ।


क्लिकमान्डु