सिंहदरबार पूर्वीगेटको पर्खाल भत्कियो

क्लिकमान्डु २०७६ असार २७ गते ११:५० मा प्रकाशित

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र रहेको सिंहदरबारको पूर्र्वी गेटको पर्खाल भत्किएको छ ।

पूर्वगेटकोको उक्त पर्खालको केहि भाग कोल्टे परेको थियो । निकै खतरा अवस्थामा रहेको उक्त पर्खाल नजिकबाट यात्रुहरुलाई हिडन समेत निकै डर थियो । कतिबेला भत्किने हो भन्ने अवस्थामा पर्खाल रहेको थियो ।

सडक पेटिबाट हिडने यात्रुहरुका लागि धरापका रुपमा रहेको उक्त पर्खाल केहिबेर अघि भत्किएको हो । रातभर पानी परेका कारण पनि ढल्किएर रहेको उक्त पर्खाल झन खतरा अवस्थामा रहेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स