एन.आई.सी एशिया बैंक र विराटनगर अस्पतालबीच छुट दिने सम्झौता



काठमाडौं । एन आई सी एशिया बैंक र विराटनगर अस्पतालबीच सेवासुविधामा छुट दिने सम्झौता भएको छ ।

बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाज्यूले हस्ताक्षर गरेका छन ।

बैंकले हाल देशभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु