ज्योति लाईफको नविकरण शुल्क भुक्तानी इसेवाबाट गर्न सकिने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको नविकरण शुल्क अब इसेवाबाट गर्न सकिने भएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री, अझ प्रभावकारी तथा सहज बनाउन इसेवासंग सम्झौता गरिएको कम्पनीले जानकार दिएको छ ।सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको छ । यो सुविधाबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।


क्लिकमान्डु