बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंककाे नयाँ शाखा



काठमाडौं । प्रदेश नम्बर ५ अन्तर्गत बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ मा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा शुरु भएको छ ।

बासगढी शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकको देशका सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


क्लिकमान्डु