सूर्या लाइफको १८ प्रकारका घातक रोग लागे ५० लाख दिने योजना सार्वजनिक




काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले क्यान्सर, हृदयघात,मृगौला फेल लगायत १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न Þ“सूर्या लाइफ केयर” पुरक करार योजना सार्वजनिक गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गर्नेछ ।

यस्ता छन कम्पनीले सार्वजनिक गरेका योजनाका विषेशताहरुः

  • न्युनतम बीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण
  • बीमित जीवित छँदै दाबी गर्न सकिने
  • रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा , दाबी रकम पाउने
  • रु. ५० लाख सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने
  • १६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने
  • ३५ वर्ष सम्मको बीमा अवधि वा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने

Þ“सूर्या लाइफ केयर” सम्बन्धी पुरक करार बीमितहरुको सहजता लाई मध्येनजर गरि कम्पनीबाट जारी भएका सबै बीमालेखहरुमा यो सुविधा उपलब्ध गराइनेछ । यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सक्नेछन ।


क्लिकमान्डु