सामसङ्ग डिजिटल प्लाजा अब ललितपुरको पुलचोकमा




काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेको बितरकले जनाएको छ ।

हिम इलेक्ट्रोनिक्सका निर्देशक श्रीमती सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा श्री आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका छन् ।

१५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ ।

उद्घाटन समारोहमा श्रीमती सीमा गोल्छाले भनिन, “हामी पुलचोक ललितपुरमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं । हामीलाई विश्वास छ कि यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुनेछन् । छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु हाम्रो लागि गर्वको विषय हो । म अत्यन्तै खुसी छु कि यस्तै ५ जना बालिकाहरुले आज यहाँ उपस्थीति जनाएर शोरुकको संयूत्त रुपमा उद्घाटन गरेका छन् । मलाई विश्वास छ कि हाम्रो यो सानो योगदानले आगामी दिनहरुमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ ।”

सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई शोरुममा विशेष अफरहरुको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु