पर्वतको डिमुवामा कामना सेवाकोे नयाँ शाखा खुल्यो



काठमाडौं । कामना सेवा विकास बैंकले गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको ९२औं शाखा हो ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यता र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।

हाल यस बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु