सानिमा बैंकले हार्यो राजस्व न्यायधीकरणबाट मुद्दा, सर्वोच्च जाने तयारी



काठमाडौं । सानिमा बैंकले ठूला कर दाता कार्यालय विरुद्द दायर गरेको मुद्दामा कर कार्यालयको पक्षमा राजस्व न्यायधीकरणले फैसला गरेको छ ।

गत आइतबार न्यायधीशत्रय किशोर सिलवाल,जीवन कुमार घिमिरे र डम्बरबहादुर कार्कीको सयुक्त इजलाशले केही निर्णय कार्यालयको उल्टने गरेर फैसला सुनाएको हो ।

सानिमा बैंकले २०७४ जेठ २९ देखि २०७५ पुस ९ गतेसम्म आयकर र मूल्यअभिबृद्धि कर बढी लगाएको भन्दै ठूला करदाता कार्यालय विरुद्द राजस्व न्यायधीकरणमा मुद्दा दायर गरेको थियो ।

जसमा ७ वटा मुद्दा आयकरसँग सम्बन्धित थियो भने २ वटा मुद्दा मूल्य अभिबृद्धि कर(भ्याट)सँग सम्बन्धित थियो ।

एकमुस्ट सुनुवाई गर्दै न्यायधीकरणले कर कार्यालयको पक्षमा अधित्तम फैसला सुनाएको छ ।

यसको विरुद्दमा सर्बोच्च अदालत जाने तयारी बैंकले गरेको छ ।

कर निर्धारणमा बैंक र कर अधिकृतबीच विवाद देखिदै आएको छ । खास गरेर बैंकले खरिद गर्ने सवारी साधन तथा विभिन्न खर्चमा कटौती गर्न नपाउने राय सहित कर अधिकृतले कर निर्धारण गरेको हुन्छ ।

यस्तै स्वीफ्ट खरिदमा समेत लागेको भ्याटको विषयमा कर कार्यालय र बैंकबीच विवाद हुने गरेको छ ।

यद्यपी ठूलो आकारको कर रकम भने नभएको बैंकले जनाएको छ । बैंकहरुको कारोबार पारदर्शी हुने गरेको छ । २० ठूला करदातामा ५० प्रतिशत बैंकहरुको संख्या छ ।


क्लिकमान्डु