डेयरिङ राइडरका लागि पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला, विदेश यात्रासँगै १० लाख जित्न सकिने



काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।

पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पुरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ ।

यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ ।

यदि तपाईं बाइक सरगर्म हुनुहुन्छ र सिमावर्ती बाइक यात्राको अनुभव लिन चाहानुहुन्छ भने यसको लागि पल्सर डेयर भेन्चर ४ को लागि रजिष्टर गर्नुपर्ने हुन्छ । यो रेजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् ।

जिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । रजिष्टेशनका लागि पल्सर डेयर भेन्चरको वेभसाइट मा रजिष्टेशन गर्नुपर्छ ।
विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् । हरेक बाइकरहरुको छक्क पार्ने, चुनौतीपूर्ण, भयानक साथै जोशीलो प्राकृतिक दृश्यको अनुभव गर्ने सपना हुन्छ त्यसैले यस अवसरलाई खेर नफाल्नुहोस र छिटै रेजिष्ट्रेसन गरिहाल्नु होला ।


क्लिकमान्डु