श्री सम्पन्नको सेवा केन्द्र माछापोखरीमा
काठमाडौं । श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ ।
सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
सेवा केन्द्रको उद्घाटन गर्दै काठमाडौं– ७ का सांसद रामबिर मानन्धरले सहकारी संस्थाहरु नाफामुलक भन्दा पनि सहकारीको मर्म अनुसार चल्न आग्रह गरे । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पगेको बेला सहकारीले उत्पादमा ठुलो टेवा पु¥याउन सक्ने बताए ।
सहकारीको अध्यक्ष बलराम खतिवडाले स्थानिय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । गत जेठ मसान्तसम्म सहकारीको १ करोड २५ लाख सेयर पुँजी तथा १६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा लगानी १२ करोड ९८ लाख रहेको छ भने कुल वासलात २० करोड २१ लाख रहेको बताइएको छ ।
राधनानीको महाराजगंजमा केन्द्रीय कार्यालय रहेको श्री सम्पन्न सहकारीले नुवाकोटको बट्टार र ढिकुरेमा पनि शाखा संचालन गरिरहेको छ । सहकारीले आईएमई, प्रभु वेष्टर्न युनियन, हिमाल रेमिट लगायतबाट विप्रेषण सेवा उपलव्ध गराउँदै आएको सहकारीका सेवाकेन्द्र प्रमुख रमेशमान प्रधानले बताए ।