बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने- संख्या घटाउन फोर्स मर्जर होइन, प्रोत्साहन चाहिन्छ (भिडियाे)



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाल बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनको लागि फोर्स मर्जर नभएर प्रोत्साहन चाहिने बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको सुझाव लिन आयोजित कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ढुंगानाले फोर्स मर्जर गर्दा त्यसको नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको लागि प्रोत्साहनको नीति ल्याउनुपर्ने बताए ।

मर्जरमा जान बैंकर्स संघको दर्जन मागः बोर्डको संख्या बढाउ, सीइओको कुलिङ पिरियड हटाउ, अरु के के ?

‘बैंकहरुलाई स्वतस्फूर्त रुपमा मर्जरमा जानका लागि मौद्रिक नीति आहोस भन्ने हामी चाहन्छौं, हामीले २७ बुँदे लिखित सुझाव दिइसकेका छौं, त्यो अनुसार नीति आउनुपर्छ,‘उनले भने ।

उनले विगत २ वर्षदेखि तरलतामा चाप परेको कारण बैंकको ब्याजदर बढी भएको भन्दै आगामी वर्ष त्यो नहुँने अपेक्षा व्यक्त गरे ।


क्लिकमान्डु