२ अर्ब खर्चेर राष्ट्र बैंकले अत्याधुनिक भवन बनाउने, राष्ट्रपतिले गरिन् शिलान्यास



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने भूमिका खोल्न राष्ट्र बैैंकलाई सुझाव दिएका छिन् । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै भण्डारीले यस्तो सुझाव दिएकी हुन् ।

कार्यक्रममा उनले राष्ट्र बैैंकलाई प्रभावकारी सुझाव दिन आग्रह गरिन् । उनले सबै निकायमा जवाफदेहिता चाँहिने समेत उल्लेख गरिन ।

राष्ट्र बैंकलाई देशको अर्थतन्त्र सुदृढ बनाउने खालको काम गर्दै रोजगारी अभिवृद्धी गराउन समेत आग्रह गरेकी छिन् । भण्डारीले मौद्रीक नीतिले अर्थतन्त्रको सुधारमा सघाउ पुर्याउने समेत धारणा राखिन ।

काभवनको राष्ट्रिय पुननिर्माण मार्फत सिको समानान्तर जेभि कम्पनीले २ अर्ब ८ करोडको लागतमा निर्माण गर्ने भएको छ ।

भवन २०७८ भदौसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बताए । ५ हजार ३२ वर्गमिटर क्षेत्रफलमा ४ तलाको भवन बन्ने छ ।


पुष्प दुलाल