भक्सवागन आक्रामक बन्दै, सन २०३५ सम्म चीनमा ५० प्रतिशत इलेक्ट्रिक गाडी बेच्ने दाबी



काठमाडौं । विश्वप्रशिद्ध गाडी निर्माता कम्पनी भक्सवागनले सन् २०३५ मा चीनमा हुने आफ्नो गाडी विक्रिको ५० प्रतिशत हिस्सा न्यु इनर्जी भेइकल (एनइभि)ले ओगटने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत हर्बट डायसले चीनमा आयोजित सम्मेलनमा उक्त कुरा खुलासा गरेका हुन् ।

सम्मेलनमा बोल्दै उनले भने–भक्सवागन चीनमा यो वर्ष १४ किसिमका इलेक्ट्रिक मोडल प्रस्तुत गर्ने मनसायमा रहेको छ । त्यसैगरी सन २०२८ सम्ममा चीनमा २२ मिलियन इलेक्ट्रिक गाडी उत्पादन गर्ने योजना रहेको छ ।

भक्सवागनले यसअघि चीनमा अर्को वर्ष ४ लाख एनइभी गाडी र सन २०२५ मा १.५ मिलियन न्यु इनर्जि भेइकल बेच्ने बताएको थियो ।


क्लिकमान्डु