सानिमा लाइफाले ल्यायो ११ घातक रोग रक्षावरण योजना, ५० लाखसम्म बीमाको सुविधा



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा घातक रोग रक्षावरण योजना’ योजनाको सुरु गरेको छ ।

इन्स्योरेन्सले मुख्य ११ वटा घाटतक रोगहरुको स्वास्थ्य सुरक्षा बीमा योजना ल्याएको जनाएको छ । यो योजना अन्तर्गत बीमा प्रस्तावकले निर्धारीत बीमा शुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सकिने बताइएको छ ।

बीमीत घातक रोगबाट पिडित भएको प्रमाणीत भएमा मुल बीमाङ्कको आधारमा ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँ सम्म बीमा सुविधा एकमुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो बीमा योजनामा १८ वर्ष पुरा भएर ५५ वर्षसम्मकोले यो योजना लिनसक्नेछन् ।

यसको अवधि ५देखि २५ वर्षसम्म रहेको छ । अधिकतम बीमा शुल्क भुक्तानीको उमेर ६५ वर्षसम्म रहेको छ ।

रक्षावरण गरिएको रोगहरुमा कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मृगौलाको विफलता, निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत लगायत ११ वटा रहेका छन् ।


क्लिकमान्डु