बीमा कम्पनीहरु नयाँ पोलिसी ल्याउन आक्रामक, कुनले कस्तो पाए स्वीकृति ?



काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले फरक फरक खालका बीमा लेख जारी गरेको बीमा समितिले जनाएको छ ।

बीमा समितिले आर्थिक वर्ष बर्ष २०७५/७६ को दोस्रो त्रैमासिकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रिलायबल सामुहिक म्यादि जीवन बीमालेख स्वीकृति लिएको छ । यस्तै यो अवधिमा धेरै बीमालेखको स्वीकृति लिनेमा सानिमा इन्स्योरेन्स रहेको छ ।
सानिमा इन्स्योरेन्सले अस्पताल तथा घरायसी उपचार सुविधा बीमालेख, सानिमा दम्पती सावधिक जीवन बीमालेख, सानिमा जीवन श्री सावधिक जीवन बीमालेख स्वीकृति लिएको छ ।

बीमा समितिका अनुसार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धी पुरक करार स्वीकृति लिएको छ । यता सुर्या लाइफ इन्स्योरेन्सले सुर्या ग्रामिण कर्जा सुरक्षण बीमालेखको स्थायी स्वीकृती लिएको छ । यता ज्योती लाईफ इन्स्योरेन्सले ज्योती म्यादी जीवन बीमालेख परिमार्जन स्वीकृती लिएको छ । समितिका अनुसार सिद्धार्थ इन्स्योरेन्सले आदर्श नारी दुर्घटना बीमालेखको स्वीकृती लिएको छ ।

यता सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन सावधिक जीवन बीमा योजना स्वीकृती लिएको छ भने एशियन लाइफ इन्स्योरेन्सले ज्वाइन्ट लाइफ इन्डोमेन्ट इसोरेन्स प्लानको स्वीकृती लिएको छ ।

बीमा समितिका अनुसार युनियन लाइफ इन्स्योरेन्सले घातक रोग सम्बन्धी पूरक करार स्वीकृती लिएको छ भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड घरायसी तथा औषधी उपचार बीमालेख स्वीकृती लिएको छ ।


क्लिकमान्डु