पोखराका महिला पर्यटन व्यवासायीको अनुभव : चीनमा नेपालबारे जानकारी छैन



पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताइन् । उनले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरिन् ।

पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन् । हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो , पराजुलली भनिन – नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् । । हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उनको भनाइ छ ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागीको भनाइ छ ।

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् ।

हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो । ‘श्रीमानलाई सोधेर आएको हो ?’, ‘महिला महिला मात्रै कसरी जानुहुन्छ ?’ जस्ता कुराले नमज्जा लागेको उनको भनाइ थियो । भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनि त्यहाँको इतिहासबारे जान्दा विकासका लागि शताब्दी कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको जानकारी दिइन । देशलाई माया गर्ने राजनेता भए चार दशकमै मुलुकले आर्थिक छलाङ मार्नसक्ने उदाहरण चीनबाट सिकिने उनको भनाइ थियो ।

बेइजिङको टप भ्यूज होलिडेज प्रा.लि सँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, सांघाई गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको थियो । पोखराका महिला पर्यटन व्यवासायीको अनुभव ःचीनमा नेपालबारे जानकारी छैन

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताइन् । उनले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरिन् ।

पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताइन् । हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो , पराजुलली भनिन – नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताइन् । । हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उनको भनाइ छ ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागीको भनाइ छ ।

भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताइन् ।

हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो । ‘श्रीमानलाई सोधेर आएको हो ?’, ‘महिला महिला मात्रै कसरी जानुहुन्छ ?’ जस्ता कुराले नमज्जा लागेको उनको भनाइ थियो । भण्डारीले चीन प्रवेशसँगै घुम्दा र देख्दा अनि त्यहाँको इतिहासबारे जान्दा विकासका लागि शताब्दी कुर्न आवश्यक नहुने रहेछ भन्ने कुराको बोध भएको जानकारी दिइन । देशलाई माया गर्ने राजनेता भए चार दशकमै मुलुकले आर्थिक छलाङ मार्नसक्ने उदाहरण चीनबाट सिकिने उनको भनाइ थियो ।

बेइजिङको टप भ्यूज होलिडेज प्रा.लि सँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, सांघाई गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको थियो । रासस


क्लिकमान्डु