१० हजार ५ सयमा कार, ३ हजारमा मोटरसाइकल



काठमाडौं । सस्तोमा सवारी साधन खरिदका लागि सोच बनाउनु भएको छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । जनकपुर भन्सार कार्यालयले ३४१ थान मोटरसाइकल, जिप, कार बोलेरो, सुमो भ्यानलगायतका सवारी साधन सस्तो मूल्यमा लिलामी गर्ने सूचना प्रकाशित गरेको छ ।

प्रकाशित सूचना अनुसार मोटरसाइकलका लागि न्यूनतम ३ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँसम्ममा उपलब्ध गराउने भएको छ । त्यस्तै, कारका लागि न्यूनतम १० हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

भन्सार कार्यालयले सवारी ढुवानी साधनहरुको लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको हो । प्रकाशित सूचना अनुसार महिन्द्रा पिकअप ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महिन्द्राकै बोलेरो गाडीको मूल्य ४० हजार रुपैयाँमा लिलामी गर्न लागेको छ भने टाटा सूमोका लागि ४० हजार ९५० रुपैयाँ र महिन्द्राकै मार्सल जिप ३९ हजार ९०० मा लिलाम गर्न लागेको सूचनामा उल्लेख छ ।

सूचना अनुसार २१ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र खरिद गरी लिलाम प्रक्रियामा सहभागी हुन भन्सार कार्यालयले आग्रह गरेको छ ।


क्लिकमान्डु