हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा पुनः बज्राचार्य



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ४ वर्षको लागि पुनः सुशील बज्राचार्यलाई नियुक्त गरेको छ ।

साउन १ गतेदेखि आगामी ४ वर्षको लागि बज्राचार्यको पदावधी थप गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

उक्त जानकारी अनुसार १५ गते (आइतबार) बसेको कम्पनीको सञ्चालक समितिको २३८ औं बैठकको निर्णय अनुसार हालका सिइओ बज्राचार्यलाई आगामी ४ वर्षको लागि पदावधि थप गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु