प्रभु इन्स्योरेन्सको सञ्चालकमा निरज लम्साल



काठमाडौं । प्रभु इन्स्योरेन्सको संस्थापक सेयरधनी तर्फको सञ्चालक परिवर्तन भएका छन् । इन्स्योरेन्सको संस्थापक सेयरधनी अशोक खड्गीको ठाँउमा निरज लम्साललाई चयन गरेको छ ।

इन्स्योरेन्सले नेप्सेलाई गराएको जानकारी अनुसार प्रभु बैंकले गत जेट २३ गतेको पत्रद्वारा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने खड्गीको ठाँउमा लम्साललाई प्रतिनिधि पठाएको जनाएको थियो ।

इन्स्योरेन्सको आइतबार बसेको सञ्चालक समितिको ३७४ औं बैठकबाट संस्थापक सेयरधनी तर्फबाट निरज लम्साललाई चयन गरेको उल्लेख छ ।


क्लिकमान्डु