यी व्यवसायमा गर्नु भएको छ, भ्याटमा दर्ता हुनुहोस् नभए कारबाहीमा परिएला



काठमाडौं । आर्थिक ऐन २०७६ ले केही व्यवसायलाई मूल्य अभिबृद्धि कर(भ्याट)को दायरामा ल्याएको छ ।

मूल्य अभिबृद्धि कर ऐन २०५२ मा भएको संसोधन अनुसार गहुँको आटा,सोयावडी मस्यौरा,टेम्पो र ढुवानी सेवामा भ्याट लाग्ने व्यवस्था गरिएको छ ।

यस्तै महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका क्षेत्रमा संचालन भएका शैक्षिक तथा कानूनी परामर्श दिने संस्थालाई समेत भ्याटको दायरामा ल्याइएको छ ।

मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसास थेरापी, मोटर्स पार्टस्, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलैनाको व्यवसाय र कवाडी तथा पत्रु व्यवसाय संचालन गर्नेपनि भ्याटमा दर्ता हुनपर्छ ।

जेठ १५ देखि सो व्यवसाय भ्याटको दायारमा आएको भन्दै चाडोभन्दा चाडो भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभाग कार्यालयले अनुरोध गरेको छ ।


क्लिकमान्डु