आयल निगमको बिक्रेता बन्न ९३९ कम्पनीले दिए आवेदन



काठमाडौं । नेपाल आयल निगममा ९३९ कम्पनीले बिक्रेता नियुक्तीको लागि आवेदन दिएका छन् । नेपाल आयल निगमले गत वैशाख १६ गते आवेदनका लागि आह्वान गरेको थियो ।

निगमका अनुसार ७ प्रदेशमध्ये सबै भन्दा बढी प्रदेश नम्बर २ बाट ३२७ वटा आवेदन परेका छन् । त्यस्तै सबै भन्दा कम कर्णाली प्रदेश अन्तर्गतका क्षेत्रका लागि १६ वटा मात्रै आवेदन परेका छन् । निगमले ६० दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको थियो ।

 


क्लिकमान्डु