नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन नियुक्त

क्लिकमान्डु २०७६ असार १३ गते १८:४५ मा प्रकाशित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका तत्कालिन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे कार्यकाल जेठ १४ गते सकिएपछि उक्त पद खाली थियो । रिक्त पदमा पोखरेललाई सरकारले नियुक्त गरेको छ ।

पोखरेल तत्कालिन समयमा प्राविधिक अधिकृतका रुपमा हवाइ विभागमा प्रवेश गरेका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स