राष्ट्र बैंकले बैंकहरुको मर्जरका लागि प्रोत्साहन गर्ने हो, फोर्स होइनः पूर्वअर्थमन्त्री डा. महत



काठमाडौं । वाणिज्य बैंकहरुको बीचको ‘बिग मर्जर’ अहिलेको हट केक विषय हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता गरेर राष्ट्र बैंकमा बुझाउन वाणिज्य बैंकका अध्यक्ष तथा सीइओहरुलाई निर्देशन दिइसकेका छन् ।

गभर्नरले मौद्रिक नीतिपछि राष्ट्र बैंकले पर्याप्त समय दिन नसक्ने भन्दै असार २५ गते अघि नै प्रतिवद्धता ल्याउन निर्देशन दिएका हुन् । यो भनेको एक किसिमको फोर्स मर्जर नै हो ।

यी १३ बैंकलाई मर्जरमा जान तीब्र दबाब, कुन कुन हुन् ती ? (सूचिसहित)

राष्ट्र बैंकले यस्तो निर्देशनलाई बैंकका सञ्चालक, अध्यक्ष र सीइओहरुले फोर्स मर्जरको संज्ञा दिएका छन् । राष्ट्र बैंकका अधिकारीहरु पनि अहिले बैंकहरुलाई मर्जरमा जान आग्रह गरिएको तर बेवास्ता गरे राष्ट्र बैंकले फलानो फलानो बैंक मर्ज हुनु भनेर निर्देशन दिनसमेत तयार रहेको बताउँछन् ।

‘जबरजस्ती मर्ज गर्नु हुँदैन, मर्जरमा जाउ भन्दै थर्काउने र धम्क्याउने काम कसैले पनि गर्नु हुँदैन,’ महतले भने, ‘किनभने बैंकहरु कानून संवत राज्यले लाइसेन्स दिएर स्थापना भएका संस्था हुन् ।’

नेपालमा सबैभन्दा धेरै पटकअर्थमन्त्री भएका डा. रामशरण महत बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन मात्रै गर्नुपर्ने बताउँछन् । फोर्स मर्जरले राम्रो परिणाम नदिने उनको ठहर छ ।

बैंकका अध्यक्ष र सीइओलाई गभर्नरको निर्देशनः मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता पेश गर्नू

‘मिडियामार्फत् राष्ट्र बैंकले बैंकहरुको फोर्स मर्जर गराउन लाग्यो रे भनेर सुनेको छु,’ कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री डा. महतले क्लिकमाण्डूसँग भने, ‘विभिन्न इन्सेन्टिभ दिएर मर्जरमा जान इन्करेज गर्नुपर्छ, फोर्स होइन ।’

बैंकको संख्या धेरै भयो भन्नेमा महत पनि सहमत छन् ।

‘हामीले बैंकको लाइसेन्स खुल्ला गरेको नै हो, २२/२५ वटा बैंक होउञ्जेल त ठीकै थियो तर जब बैंकको संख्या ३०/३२ पुग्यो तब हामीलाई पनि संख्या बढी भयो भन्ने फिल भयो,’ महतले भने ।

राष्ट्र बैंकले बैंकहरुलाई असार २७ अघि पार्टनर खोजेर डान्स गर्न आउ भनेको हो ?: दिपेन्द्रबहादुर क्षेत्रीको बिचार

त्यसैले सरकारले मर्जरको नीति ल्याएको उनले बताए ।

‘जबरजस्ती मर्ज गर्नु हुँदैन, मर्जरमा जाउ भन्दै थर्काउने र धम्क्याउने काम कसैले पनि गर्नु हुँदैन,’ महतले भने, ‘किनभने बैंकहरु कानून संवत राज्यले लाइसेन्स दिएर स्थापना भएका संस्था हुन् ।’

मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् भन्ने राष्ट्र बैंकको चाहना

बिगतमा अन्धाधुन्ध लाइसेन्स दिँदा बैंक, फाइनान्स र बीमा कम्पनीको संख्या बढी भएको उनले बताए ।

‘४ वटा वाणिज्य बैंकले लाइसेन्स पाएको १० वर्ष पनि भएको छैन, यतिधेरै बीमा कम्पनी हुँदाहुँदै बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दियो, अहिले फेरि मर्जर मर्जर भनेको छ,’ उनले भने, ‘यो त नीतिगत अस्थिरता हो ।’

‘हामी खुल्ला बजार अर्थनीतिमा छौं, हामीले अंगिकार गरेको नीतिले राज्यले फोर्स गर्नु हुँदैन भन्ने हो,’ उनले भने, ‘केही समय छाडिदिउँ बजार स्वयंले संख्या निर्धारण गरिहाल्छ ।’

राष्ट्र बैंकले संस्थाहरुलाई मर्जरमा जाउ भनेर फोर्स गर्नुभन्दा पनि मर्जरमा जाने संस्थालाई थप सुविधा दिन्छु भनेर लोभ्याउनु पर्ने उनको भनाई थियो ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

‘राष्ट्र बैंकले तपाईंहरु मर्जरमा जानुहोस् भन्न सुहाउँछ, तर मर्जरमा जानुभएन भने कारबाही गर्छु भन्नु हुँदैन,’ महतले भने, ‘दबाब दिएर गरिएको मर्जरले राम्रो परिणाम दिँदैन ।’

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या धेरै भएको निष्कर्श निकाल्दै २८ वाट घटाएर १५/१६ वटामा झार्ने उद्देश्यले अहिले बैंकहरुलाई मर्जरमा जान दबाब दिइरहेको छ ।

मर्जरमा राष्ट्र बैंकको रणनीतिः थर्काउने र लोभ्याउने

फोर्स मर्जर खुल्ला बजार अर्थनीतिमा हुन नसक्ने महतको तर्क छ ।

‘हामी खुल्ला बजार अर्थनीतिमा छौं, हामीले अंगिकार गरेको नीतिले राज्यले फोर्स गर्नु हुँदैन भन्ने हो,’ उनले भने, ‘केही समय छाडिदिउँ बजार स्वयंले संख्या निर्धारण गरिहाल्छ ।’


पुष्प दुलाल