इसुजी मोटर्सको एक्सचेन्ज कार्यक्रम



काठमाडौं । इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रालले असार १२ बिहिबार देखि १५ गते आइतबार सम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेन्ज आयोजना गरेको छ ।

उक्त एक्सचेन्ज कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपक राज गिरी बताए ।

इसुजु एक्सेन्चका मुख्य आकर्षणहरुमा हरेक बुकिङमा निशुल्क होलिडे ट्रिप,१ वर्षको लागि निशुल्क बीमा,आर्थिक वर्ष २०७६÷७७ निशुल्क सवारी कर छुट रहेको छ ।

यस्तै आकर्षक नगद छुट, ७५ प्रतिशत सम्म (७ वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा),३ वर्ष वा १,००,००० किलोमिटर सम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा) नेपाली बजारमा सबैभन्दा धेरै वारेन्टी र प्रत्येक मुल्याङ्कनमा आकर्षक उपहार तथा प्रत्येक टेस्ट ड्राइभमा निशुल्क फयूल कुपन रहेको छ ।


क्लिकमान्डु