कपिराइटको आरोप लागेको गलबन्दी गीतको विवाद टुंगियो, शम्भु राइ र प्रकाश सपुतबीच सहमति




काठमाडौं । आफ्नो गीतसँग भाका मिलेको भन्दै गलबन्दी गीतका गायक प्रकाश सपुतविरुद्ध अदालत पुगेका शम्भु राईबीच सहमति भएको छ ।

संगीत रोयल्टी संकलन समाज सहित ६ संस्था र व्यक्तिको रोहबरमा भएको सम्झौतामा गलबन्दी बोलको गीतको पूर्ण अधिकार प्रकाश सपुतकै हुने भएको छ ।

साथै यस गीतबाट भएका आम्दानीमा पनि प्रकाश सपुतकै अधिकार रहने गरी सम्झौता गरिएको छ । तर, युट्युवमा प्रकाशित गीतमा सम्भव भएसम्म शम्भु राईको नाम उल्लेख गर्ने समेत सहमति भएको छ ।

प्रकाश सपुतले सिर्जना गरेको गलबन्दी च्यातियो तिम्ले तानेर बोलको गीतमा राइले गाएको देउसी भैलोको एक टुक्कामा संगीत मिलेको भन्दै राइले विवाद सिर्जना गरेका थिए । उनी सपुरको विरुद्धमा अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

तस्बिर ः दिलनिशानी मगरको फेसबुक


क्लिकमान्डु