काठमाडौं महानगरभित्र पार्किङ गर्दा नयाँ शुल्क, कुन ठाउँमा पार्किङ गर्दा कति शुल्क लाग्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गत विभिन्न ठाउँ अनुसार पार्किङ शुल्क निर्धारण गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक बजेटमा ठाउँ अनुसार पार्किङ शुल्क निर्धारण गरेको हो ।

महानगरपालिकाले न्यूरोड, धर्मपथ, कान्तिपथ र दरबारमार्गलगायत त्रिपुरेश्वर रत्नपार्क भोटाहिटी, केशरमहलसम्मको भित्री सडकमा पार्किङ गर्दा प्रतिघण्टा २ पांग्रेलाई २५ रुपैयाँ र चार पांग्रेलाई ८० रुपैयाँ शुल्क तोकेको छ ।

सो बाहेकका क्षेत्रमा मोटरसाइकललाई प्रति घण्टा १५ रुपैयाँ, चार पांग्रे सवारीलाई प्रति घण्टा ४० रुपैयाँ र सोभन्दा ठूला सवारी साधनलाई प्रति घण्टा १ सय रुपैयाँ शुल्क लाग्नेछ ।


क्लिकमान्डु