पर्यटन क्षेत्रको बजेट घटेको होईन, स्थानिय निकायमा गएको होः मन्त्री बस्नेत



काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासमा सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैठौं अधिवेशनमा सरकार, व्यवसायी र स्थानिय जनसमुदायको संयुक्त प्रयासले पर्यटनको विकास सम्भव हुने बताएका छन् ।

‘कहिलेकाँही व्यवसायी र स्थानिय समुदायको बिचमा कसले अधिकार बढि पाउने भन्नेमा द्धन्द्ध हुने गरेको छ’मन्त्री बस्नेतले भने, ‘सरकार सबैलाई समन्वय गरेर अगाडी बढ्छ ।’ मन्त्री बस्नेतले पर्यटन क्षेत्रको बजेट घटेको नभई कतिपय कार्यक्रमहरु प्रदेश र स्थानिय निकायमा गएका कारण त्यस्तो देखिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको बताए । अहिलेकै तयारीले २० लाख पर्यटक रेल र पानीजहाज जस्तै हो,त्यसैले सरकारले अझै पनि सहि योजना र तयारी अगाडी ल्याउनुपर्ने बताए ।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको बढि प्रचार हुने गरेको बताए । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आँफुहरुले काम गरिरहेको बताए । भर्खरै मात्र बजेट निकासा भएको कारण काम गर्न समस्या भएको उनले बताए । नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कठिन परिस्थितिमा पनि आँफुहरुले नेपाल पर्यटन वर्ष सफल पारेको बताए ।

पर्यटन विभागका महानिर्देशक ढुन्डुराज मिमिरेले पर्यटन क्षेत्रको नितिगत स्धारमा आँफुले काम गरिरहेको बताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले नेपाल भ्रमण बर्षले नेपाल पर्यटन बोर्डलाई नचिनेको बताए ।

कार्यक्रममा नाटोजका अध्यक्ष शिव अधिकारीले राष्ट्रिय पर्यटन पत्रकार संघले पर्यटन क्षेत्रका विभिन्न समसामयिक विषयवस्तुहरुमा बहस र छलफल चलाउँदै आएको बताए । नेपाल भ्रमण वर्ष सफल पार्न देशभर पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु