एसईईको नतिजा एक साताभित्र आउने



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असारको दोस्रो साता ल्याउने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले असारको दोस्रो साताभित्र नतिजा प्रकाशित गर्ने गरी तयारी भइरहेको क्लिकमाण्डूलाई जानकारी दिए ।

उनले भने, ‘अहिले बाँकी सबै काम सकाएर रुजु गरिरहेका छौं, रुजु सकिन एक साता जति समय लाग्छ ।’

गत चैत १० गतेबाट सुरु भएको परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।


क्लिकमान्डु