फेसबुकले क्रिप्टो करेन्सी ल्याउने भएपछि ह्वात्तै बढ्यो बिटक्वाइनको मूल्य



काठमाडौं । विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक अब फोटो भिडियो शेयर गर्न मात्रै सिमित नहुने भएको छ । फेसबुकले हालै एक अविश्वनीय घोषणा गर्दै भनेको छ ‘अब हामी नयाँ केही गर्दैछौ ।’

फेसबुकको त्यो नयाँ काम हो– क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रा ।

फेसबुकले ल्याउन लागेको भर्चुअल मुद्राको नाम हो– लिब्रा ।

आगामी वर्षदेखि फेसबुकले लिब्राको कारोबार पनि गर्नेछ । फेसबुक र उसको सहायक कम्पनीले यो पनि सोचेको छ कि लिब्राले विश्वव्यापी रुपमा नै फाइनासियल तथा पेमेन्ट सिस्टमममा ठूलो परिवर्तन ल्याउनेछ ।

डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो

लिब्रा एक प्रकारको विद्युतीय मुद्रा हो । यसलार्ई ब्लकचेनले व्यवस्थापन गर्नेछ । जुन आगामी वर्ष सार्वजनिक गरिनेछ । फेसबुक आफैले त्यसलाई सञ्चालन गर्नेछ ।

उदाहरणका लागि फेसबुले हाल सञ्चालनमाम ल्याइरहेको ह्वाटएप, म्यासेन्जर जस्तै लिब्रा पनि एक प्रकारको डिजिटल वालेटको रुपमा रहनेछ । उसले आफ्ना सदस्यलाई कुनै तरिकाले गिफ्टका रुपमा पठाउनेछ ।

यो एक प्रकारको सोचको विकास गरिएको हो । डिजिटल करेन्सीले आम मानिसलाई विश्वव्यापी रुपमा आना आवश्यकता परिपूर्तिका लागि समेत सहयोग पुग्नेछ ।

उनीहरुले अनलाइनबाटै खरीद गर्न सक्नेछन् भने बैंकबाट ऋण लिन सक्नेछन् । यतै प्रयोगकर्ताले तत्काल नै पैसा पठाउन सक्नेछन् ।

त्यस्तो संरचना तयार भएपनि व्यक्तिगत गोपनियता तथा सुरक्षाको प्रश्नलाई समेत विशेष ध्यान दिइने फेसबुकले दावी गरेको छ ।

फेसबुुकले विकाससिल देशमा रहेका धेरै मानिसलाई सहयोग पुग्ने समेत दावी गरेको छ । बैंक तथा वित्तीय संस्थाको पहुचमा नभएका नागरिकलाई सहज रुपमा बैंकिङ पहुँच पुर्याउन, भण्डारण गर्न र खर्च गर्न समेत सहयोग पुग्नेछ ।

बिटक्वाइनको भाउ २५० प्रतिशतले बढ्दा ११ हजार डलर पुग्यो, खरिदकर्ता मालामाल

फेसबुकले पनि क्रिप्टोकरेन्सी ल्याउने भएपछि अन्तर्राष्ट्रिय बजारमा क्रिप्टो करेन्सीको मूल्य ह्वात्तै बढेको छ । बिटक्वाइन सर्वाधिक कारोबार हुने क्रिप्टोकरेन्सी हो ।

अन्तर्राष्ट्रिय बजारमा २५/३० हजार अमेरिकी डलरसम्म पुगेको बिटक्वाइनको मूल्य घटेर ३ हजार अमेरिकी डलरसम्म झरेको थियो । अझ बिटक्वाइनका एक संस्थापकको निधनको खबर सार्वजनिक भएपछि यो मुद्रा लोम हुने खतरा उत्पन्न भएको थियो ।

संसारका धेरै देशमा क्रिप्टो करेन्सीलाई प्रतिबन्ध गरिएको छ । नेपालमा पनि क्रिप्टो करेन्सीको कारोबार गर्नु गैरकानूनी हो ।

तर विश्वका धेरै देशमा क्रिप्टो करेन्सीको कारोबार हुन्छ । पछिल्लो समय क्रिप्टो करेन्सीप्रति सर्वसाधारण आकर्षित हुन छाडेका थिए । जसकारण यसको मूल्य घटेको थियो ।

तर, फेसबुकले पनि क्रिप्टोकरेन्सी ल्याउने भएपछि लगानीकर्ताहरुले बिटक्वाइन किन्न थालेका छन् । जसकार बिटक्वाइनको मूल्य बढेको छ । पछिल्ला ३ महिनामा मात्रै बिटक्वाइनको मूल्य २५० प्रतिशतले बढेर ११ हजार अमेरिकी डलर पुगेको छ ।

फेकबुक जस्तो रुचाइएको कम्पनीले क्रिप्टोकरेन्सी ल्याउने भएपछि बिटक्वाइनको गुमेको जनविश्वास फर्किएको छ ।


पुष्प दुलाल