कृषि विषय पढ्नेले अनिवार्य रुपमा खेत-बारीमा गएर इन्टर्नसिप गर्नुपर्ने



काठमाडौं । साना हरेक बाबु आमाले आफ्ना छोरा छोरीलाई राम्रो नजपढे हलो जोत्लास् । गोरु बन्लास् भनेर गाली गर्ने गरेका नै हुन्छन । जसका कारण बाल मतिस्कमा सानैदेखि कृषि पेशालाई हेलाको नजरले हेर्ने बानी र सोचको विकास हुन जान्छ ।

कृषि पेशा पनि सम्मानित पेशा हो भन्ने संस्कारको विकास गर्नका लागि बाल बालिकालाई सानैदेखि त्यसतर्फ केन्द्रीत गर्नुपर्ने हुन्छ । तर सामान्यता कृषि पेशालाई हेला गर्ने हाम्रो संस्कारका कारण कुनै समय कृषि उपज निर्यात गर्ने नेपाल आज चरम रुपमा परनिर्भर बन्दै गएको छ ।

कृषिलाई सम्मानित र आर्कषक पेशा र रोजगारीको क्षेत्रको रुपमा विकास गर्नका लागि सरकारले पनि खासै सोच राखेको पाइदेन । ५० लाख युवा वैदेशिक रोजगारीको खोजीमा गएका छन् ।

देशभित्र रहेका युवा पनि खेती पातीका लागि योग्य नठानेर अन्य काममा नै व्यस्त छन् । जसका कारण कृषि प्रति आम नागरिकको चासो कम हुँदै गएको छ । सोही सन्दर्भमा सरकारले कृषि विषय अध्धयन गरेकालाई केही समय नै भएपनि इन्टनसिपका लागि कृषि क्षेत्रमा परिचालन गर्ने सोच राखेको छ ।

कृषि पढेका विद्यार्थीलाई इन्टनसिसप गराउने कार्यक्रम आर्थिक वर्ष २०७३/७४ देखि सुरु भएको भएपनि त्यसले प्रभावकारी प्रभाव राख्न सकेको थिएन । त्यसलाई प्रभावकारी बनाउनका लागि सरकारले कृषि विषय पढाउने कलेज तथा विश्वविद्यालयलाई अनिवार्य रुपमा कृषि विषय पढ्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षाका रुपमा इन्टनसिपमा परिचालन गर्ने नीति अगाडि सारेको हो । हालसम्म ६०० विद्यार्थीले इन्टर्नसिप गरिसकेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू भएका जोन, सुपरजोन, ब्लकहरुका विद्यार्थी परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसले कृषि पेशालाई सम्मानित बनाउन समेत सहयोग पुग्ने व्श्विास लिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सरकारले आगामी १० वर्षमा १ खर्ब ३० अर्ब लगानी गर्ने भएको छ ।


पुष्प दुलाल