युनाइटेड इन्स्योरेन्सले पायो २४०% हकप्रद बिक्री गर्न अनुमति, अब पुँजी कति ?



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।

इन्स्योरेन्सले बोर्डबाट २४० प्रतिशत अर्थात १ः २.४ अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमित पाएको हो ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु